बाढी पीडितलाई अक्षय कुमारले १ करोड भारतीय रुपैंया सहयोग गर्ने

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : ०८


काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले बिहारका बाढी पीडितलाई १ करोड भारतीय रुपैंया सहयोग गर्ने भएका छन्। बिहारमा आएको बाढीका कारण प्रभावित भएकामध्यै धेरै प्रभावित २५ परिवारलाई छनौट गरी छठ पूजाको अवसरमा उनले चार–चार लाख रुपैंया दिने बताइएको छ।

अक्षयले बाढीबाट प्रभावित २५ घरलाई १ करोड रुपैंया सहयोग गर्न लागेको भारतीय संचार माध्यमले जनाएको छ। यसअघि पनि अक्षयले असामका बाढी पीडितलाई दुई करोड रुपैया सहयोग गरेका थिए।


प्रतिक्रिया दिनुहोस्