भाटभटेनी सुपरमार्केटमा सञ्चालनमा आयो नेपालकै पहिलो ‘स्मार्ट पार्किङ’

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ०३


काठमाडौं। भाटभटेनी सुपरमार्केट टंगालमा नेपालकै पहिलो ११ तले ‘स्मार्ट पार्किङ’ आइतबारदेखि सञ्चालनमा आएको छ।

करिब चार आनामा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउछन्।

चिनियाँ प्रविधिमा तयार पारिएको पार्किङ भारतीय प्राविधिकले निर्माण गरेका थिए।

सो भवनमा पार्किङ गर्नुपर्दा गाडी पार्किङस्थलमा पुगेपछि एउटा कार्ड मिल्नेछ।

कार्ड स्क्यान गरेपछि कुन ठाउँमा खाली छ त्यही ठाउँमा लगेर आफै सो गाडी पार्किङ हुनेछ। पछि स्क्यान गरेपछि गाडी तल झर्छ।

हाइड्रोलिक सिष्टमबाट सञ्चालित ‘स्मार्ट पार्किङ’ले पार्किङमा देखिएको समस्या तत्कालका लागि समाधान हुने भाटभटेनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्