लिभरपुलको पहिलो हार, वेस्ट ह्याम तेस्रो स्थानमा

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : १३


इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको यो सिजनको पहिलो हार हो।

वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे। लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे।

जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ।

 


प्रतिक्रिया दिनुहोस्