सुत्केरीको मृत्यु भएपछि विराटनगर अस्पताल तनावग्रस्त

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


विराटनर । विराटनगरको विराट नर्सिङ होममा शल्यक्रिया गरेर पाठेघर फालिएकी एक सुत्केरीको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–८ की २० वर्षीया रमिला कार्की घिमिरेको बिहीबार साँझ ७ बजे मृत्यु भएको हो ।

रमिलालाई सुत्केरी व्यथाले च्यापेपछि आफन्तले मंगलबार अस्पतालमा भर्ना गरेका थिए । सामान्य अवस्थामै पहिलो सन्तानका रुपमा छोरा जन्माए पनि रक्तश्राव रोकिएको थिएन । 

अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याक्न सुझाव दिए  । 

शल्यक्रिया गरेपछि उनी बेहोस थिइन् । शल्यक्रिया भएको चार घण्टापछि होस आउँछ भनेर भनिएकी सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पतालले लापरवाही गरेको आरोप लगाएका छन् । 

जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा लगेर राखेको आफन्तले जनाएका छन् ।

सिकारु चिकित्सकलाई शल्यक्रिया गर्न दिइ अस्पतालले आपरवाही गरेको भन्दै आक्रोशित बनेका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्