२२ वर्षीय आफ्नै छोरीलाई जबरजस्ती करणी, ६३ वर्षीय बाबु पक्राउ

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौँ । आफ्नै २२ वर्षीय छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ६३ वर्षीय बाबु पक्राउ परेका छन् । बारामा बाबुले छोरीलाई डरत्रास देखाई पटक पटक जबरजस्ती करणी गर्ने गरेको पीडितले दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले बाबुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बाबुमाथि जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाबु छोरीकै नाम गोप्य राखी जबरजस्ती करणीको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्