उत्कृष्ट अंक ल्याउने छात्र/छात्रा पुरस्कृत

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : १९


खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र/छात्रालाई पुरस्कृत गरिएको छ।

विभिन्न कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नति गर्ने १० छात्ररछात्रालाई तिहारको देउसी समापन समारोहमा शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो।

कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने यशोदा राई र कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने रजिन राईलाई पुरस्कृत गरिएको छ।

यस्तै, कक्षा ५ मा दोस्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कक्षा ४ मा दोस्रो स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा दोस्रो हुने उत्तम राई, कक्षा ९ मा तेस्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ५ मा तेस्रो स्थान प्राप्त गर्ने आशिका राई र कक्षा १ मा तेस्रो स्थान प्राप्त गर्ने एनिसा राईका अभिभावकलाई सम्मान गरिएको छ। पुरस्कृत बालबालिका च्यास्मीटार मावि र कालिका प्रावि बाहुनीडाँडामा अध्ययनरत छन्।

बालबच्चालाई विद्यालय नपठाउने अभिभावकको चेतना अभिवृद्धिका लागि उत्कृष्ट छात्ररछात्रालाई सम्मान गरिएको अभिभावक खबिराज राईले बताए।

उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्ररछात्रालाई च्यास्मीटार माविका प्रअ तेजकुमार राई, शिक्षक जीवराज राई, च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राई, अभिभावक एवं युवा नेता रसकुमार राईले अविरलगाएर कापी र डटपेन प्रदान गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्