सांसद राजेन्द्र गौतमको घरमा चोरी

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ३२


काठमाडाैं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको छ । गौतमको महानगरपालिका वडा नं १० देवीनगरस्थित डेरामा चोरी भएको हो । घरको मुल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको प्रहरीले बताएको छ ।

बुधबार दिउँसो दूई देखि चार बजेको समयमा चोरी भएको बताइएको छ । गौतमका अनुसार अढाइ तोला सुनका गहना , चाँदीको थाली र एक लाख ५ हजार नगद चोरी भएको छ ।

गौतमका अनुसार २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र), चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ।


प्रतिक्रिया दिनुहोस्