भोजपुरमा ५ किलो गाँजासहित २ जना पक्राउ

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ३२


काठमाडौं । भोजपुरमा गाँजा ओसार पसार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका– ६, देउरालीका रमेश राई र भोजपुर नगरपालिका–५ बोखिमका धन बहादुर विकलाई पाँच किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिक–६ भदौरेको जङ्गलमा गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्