आज सुनको भाउ बढ्यो

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ५ : ४८


काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार प्रतितोला ७० हजार ५ सय रुपैयाँ पुगेको सुन आज (शुक्रबार) भने बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार तेजावी सुनको मूल्य ७० हजार २ सय रुपैयाँ निर्धारण गरेको थियो । तर, आज भने तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ पुगेको छ । केही दिन स्थिर रहेको चाँदीको भाऊ पनि शुक्रबार बढेको छ । बिहीबार ८ सय ६० रुपैयाँ पुगेको चाँदी आज (शुक्रबार) भने प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्