फेरि धकेलियो सरौतो

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : २८


काठमाडौं । नेपाली चलचित्र ‘सरौतो’को प्रदर्शन मिति फेरि सारेको छ ।   कात्तिक २२ बाट कात्तिक २९ हुँदै अब चलचित्र मंसिर १३ गते मात्रै प्रदर्शनमा आउने भएको छ । 

कात्तिक ८ को ‘घामड शेरे’ मल्टिप्लेक्समा सिनेमाको चापका कारण कात्तिक २२ मा पुगेपछि सरौतोले कात्तिक २९ लाई आफ्नो प्रदर्शन मिति तोकेको थियो। 

यही मितिमा ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ रिलिज हुनेभएपछि हल बाँडफाडको चेपुवाबाट बच्न चलचित्रले आफ्नो प्रदर्शन मितिलाई पुनः सार्दै मंसिर १३ मा पुर्‍याएको हो।

सिनेम्याटोग्राफर हरि हुमागाईंको निर्देशन डेब्यू रहेको सिनेमामा सुमी मोक्तान शीर्ष भूमिकामा छिन्। 

सिनेमामा सुमीका अलावा विजय लामा, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ ।


प्रतिक्रिया दिनुहोस्