इराकी प्रधानमन्त्री राजीनामा दिन तयार !

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : २०


इराकमा जारी  सरकार विरोधी प्रदर्शन मथ्थर पार्नका लागि प्रधानमन्त्री अब्देल अब्दुल महदी राजीनामा दिन तयार भएका छन् । तर यसमा संसदको पनि सहमति आवश्यक छ । 

टेलिभिजन सम्बोधनमार्फत इराकका राष्ट्रपति बरहम सालेहले प्रदर्शनकारीहरुको आक्रोश कम गर्न प्रयासरत रहेको भन्दै प्रधानमन्त्री राजीनामा दिन तयार भएको बताएका हुन ।

सालेहले  छिट्टै निर्वाचन गराउनका लागि आगामी हप्ता संसदमा एक विधेयक पेश हुने जानकारी पनि दिए । 

इराकमा भइरहेको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म एक सय जनाको मृत्यु भइसकेको छ । 

प्रदर्शनकारीहरुले देशमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको भन्दै आन्दोलन गरिरहेका छन । उनीहरुले प्रधानमन्त्री महदीको राजीनामा माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्