बाग्लुङमा भूकम्प, छिमेकी जिल्लाहरुमा पनि कम्पन

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं ।  बाग्लुङमा शुक्रबार बिहान  ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रबार बिहानको भूकम्पको धक्का छिमेकी जिल्लाहरु गुल्मी, प्यूठान, रोल्पा र रुकुममासमेत महसुस गरिएको छ।

यो नयाँ भूकम्प हो । परकम्प होइन । 

यसअघि, यही कात्तिक ११ गते मुगु केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसअघि, कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडकै भूकम्प गएको थियो ।
केन्द्रकाअनुसार यी पनि नयाँ भूकम्प नै हुन् । विनाशकारी ‘गोरखा भूकम्प’का परकम्प होइनन् ।

बेला–बेलामा स–साना भूकम्प जानुलाई भूकम्पविद् सन्चित शक्ति क्षयीकरण मान्छन् ।


प्रतिक्रिया दिनुहोस्