पूर्वखेलाडी जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : १५


काठमाडौं । कतारी क्लब अल सादले सहमति जनाएसँगै प्रशिक्षक जाभी बार्सिलोना फर्कने भएका छन् । बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीले बिहीबार आफ्नो क्लब भविष्यका बारेमा छिट्टै निर्णय गरिदिन अल सादलाई आग्रह गरेका थिए । त्यस आग्रहसंगै सहमति बनेपछी जाभी बार्सिलोना फर्किने पक्का भएको थियो ।

सामाजिक संजालमा क्याटलोनियन क्लब बार्सिलोनाले जाभीलाई शनिबार बिहान स्वागत गरेको छ । यससँगै अब जाभी प्रशिक्षकको भूमिकामा बार्सिलोना फर्कनेछन् ।

गत साता रोनाल्ड कोम्यान बर्खास्तगीमा परेसँगै जाभी क्याम्प नाउ भित्रने चर्चा चुलिएको थियो । बार्सिलोनाबाट जाभीले सात सय ७९ खेलमा तीन सय २५ उपाधि जितेका थिए ।

एक पटकका विश्वविजेता र दुई पटकका युरोपियन च्याम्पियनसिप विजेता जाभी सन् २०१५ मा बार्सिलोनाबाट अल साद भित्रिएका थिए । सन् २०१९ बाट जाभीले अल सादको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।


प्रतिक्रिया दिनुहोस्