मुग्लिन–पोखरा सडक  विस्तार गर्न एडीबीको ऋण

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ । 

एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो ।

एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो । १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो ।
टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लागि सहमति जनाएको हो । 
 अन्नपूर्ण पोस्ट् दैनिकबाट 


प्रतिक्रिया दिनुहोस्