उपकुलपतिका लागि ४० जनाको आवेदन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन् । 

सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन् ।

इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरेपछि कतिपयले मन्त्रालयमै गएर आफ्नो योग्यतासहितको व्यक्तिगत विवरण बुझाएका हुन्।

मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिका लागि आवेदन दिएका मध्येबाट आज शुुक्रबार वा आइतबारसम्म पहिलोचरणको नाम सार्वजनिक गर्ने तयारी छ। 
नेपाल समाचारपत्रबाट 


प्रतिक्रिया दिनुहोस्