बग्दादी मारिएकाे पुष्टि, आइएसले चुन्यो नयाँ नेता

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


एजेन्सी । इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल–बग्दादी मारिएको पुष्टि गर्दै उत्तराधिकारीको नाम घोषणा गरेको छ । इस्लामिक स्टेटले म्यासेजिङ सर्भिस टेलीग्रामका माध्यमबाट अबु इब्राहिम अल–हाशमी नयाँ नेता भएको घोषणा गरेको हो । 
एक अडियो सन्देशमा इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि गरेका गरेको छ । उनको मृत्यु अक्टोबर २७ मा अमेरिकी सैन्य अप्रेशनका क्रममा भएको थियो ।

अबु हम्जा अल–कुरैशी इस्लामिक स्टेटका नयाँ प्रवक्ता हुन् । 

इस्लामिक स्टेटले आफ्ना नयाँ नेताका बारेमा पूर्ण जानकारी दिएको छैन । उनको कुनै तस्बिर पनि जारी भएको छैन । तर इस्लामिक स्टेटले अबु इब्राहिम अल–हाशमी पुराना जिहादी लडाकू भएको र उनले पश्चिमाहरुकाविरुद्ध लडेको बताएको छ । 


प्रतिक्रिया दिनुहोस्