दिदीबहिनी र दाजुभाइ नभएकाले बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँदै

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ५६


काठमाण्डौको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुलेको छ।

दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइका लागि मन्दिर खुलेको हो।

बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन्।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुलाइने प्रचलन छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्र खुल्ने गर्दछ।

२०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

भूकम्पले क्षति भएको मन्दिर पुनर्निर्माणको काम अघिल्लो वर्ष सकिएको थियो।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा। गोविन्द टण्डनले जानकारी दिए।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्