संयुक्त राष्ट्रसंघले कर्मचारीलाई तलब खुवाउन नसक्ने !

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडाैं । संयुक्त राष्ट्रसंघ चरम आर्थिक संकटमा परेको छ । 
आर्थिक संकटमा परेपछि राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ ।

महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेको जनाइएको  छ । 

राष्ट्रसंघका विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रले शुल्क नबुझाएको र ती राष्ट्रहरुलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले जनाएका छन ।
 अन्नपूर्णपोष्टबाट 


प्रतिक्रिया दिनुहोस्