बिग्रेका गुणस्तरहिन क्यामेराले चलचित्र निर्मातालाई सास्ती

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : २०


काठमाडौं । फिल्म निर्माता र निर्देशक परिच्छेद सेन चलचित्र ‘प्रेमगन्ज’को अन्तिम सेड्युलको तयारीमा थिए।

उनको योजना अनुसार सोलुखुम्बुमा पाँच दिन र काभ्रेको नालामा पाँच दिन गरि दस दिनमा सम्पुर्ण छायांकन सकाउने तयारीमा थिए।

उनले अनामनगरको सिनेजोन स्टुडियोबाट दस दिनको लागि भनेर रेड ड्र्यागन क्यामेरा भाडामा लिए। क्यामेराले पहिलो दिन बाटै छायांकनमा धोका दिन थाल्यो।

क्यामेरामा न त भ्यु फाईन्डर नै चल्थ्यो न त क्यामेराको पूरा सेटप नै थियो। क्यामेराले फुटेज स्टोर कार्ड पनि जम्मा दुईवाटा मात्र । छायांकन हुदाहुँदै कार्ड सकिए एक दुई घन्टा कुरेर बस्नु पर्ने हुन्थ्यो। बिहान सात बजे देखि ११ बजे सम्म मात्र आकाश खुल्ने र काम गर्ने पाउने त्यस्तो हिमाली ठाउँमा कार्ड कपि हुनै एक घन्टा कुर्नु पर्ने भए पछि सिनेमाटोग्राफर सन्जय लामा दिक्क भएर बस्थे। अझ कुनै कुनै बेला त क्यामेराले कार्ड सपोर्ट नै गर्दैन थियो। खिच्दा खिच्दै बिचमा कार्ड ईरर देखाउथ्यो । खिचेको फुटेज पनि ड्रप भएर उड्थ्यो।

सिनेमाटोग्राफरले बिचमा क्यामेरा फिर्ता गर्न पनि खोजेका थिए। तर सामान भाडामा लगाउदै निर्माताबाट पैसा लिन पल्केका सिनेजोनका क्यामेरा साहुले क्यामेरा फिर्ता गर्न मानेनन्। क्यामेरा फिर्ता भए पनि उनलाई पुरै १० दिनकै पेमेन्ट गर्नु पर्ने सर्त राखे।

त्यत्रो ६० जनाको युनिट लगेर बसेको छ। सबैको टाईम लिमिट छ। केही दिनमा सबै कलाकार र प्राबिधिकलाई छोड्नै पर्ने छ। यहि कामेराको समस्याले गर्दा तीन दिन सेड्युल बढी सक्यो। निर्देशक निरास देखिन्थे। अब यसले खिचे खिच्छ नत्र सबै ड्रोन क्यामेराले खिच्छु भन्दै थिए।

दस दिनमा सम्पुर्ण छाँयाकन सकाउने भनेर गएको युनिट सोलुको सेडुल पनि बल्ल ब्बल्ल सकाएर फर्कियो। दिन पनि बढ्यो , चलचित्रको बजेट पनि बढ्यो , तर निर्माताको समस्या कस्ले बुझ्दिने। अब बाकी छाँयाक्न भने तिहार पनि गर्ने तयारी हुँदै छ।

उता अर्को चलचित्र म राजेस हमालले पनि मल्टीमेट स्टुडियोबाट क्यामेरा लगेको थियो। उक्त चलचित्रमा त झन चार-चार पटक क्यामेरा बिग्रेको थियो। ४५ दिनको लागि बिरगन्ज पुगेको ‘म राजेस हमाल युनिट’ सेड्युल तहस नहस हुदा ६५ दिन बस्नु परेको थियो।

अहिले साधारण भन्दा साधारण एक नेपाली चलचित्रमा दैनिक तीन लाखको दरले खर्च भैरहेको हुन्छ। एक दिन बढ्दा पनि निर्मातालाई तिन लाखका दरले बजेटले थिच्दै जान्छ। ‘म राजेश हमाल’मा अनुमानित बजेट भन्दा झन्डै असी लाख बढी बजेट निर्मातालाई भार परेको थियो भने ‘प्रेमगन्ज’मा एक करोड बढी नै बजेट बढेको । काम ढिला हुने कारण जे भए पनि अन्ततः त्यस्को सम्पुर्ण भरपाई निर्माताले नै बेहोर्नु पर्ने हुन्छ।

उनको प्रश्न छ-यी गुणस्तर हिन सामानलाई नियन्त्रण गर्ने कस्ले र कहिले । यी गुणस्तर हिन सामान बाट फाईदा लुट्न खोज्ने कम्पनीहरुलाई कारबाहि गर्ने कस्ले र कहिले?


प्रतिक्रिया दिनुहोस्