‘क्यार’ को प्रभाव नेपालमा नपर्ने, मौसम सफा

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ११


काठमाडौं । देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा शुक्रबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार आज रातिको मौसम पनि सफा रहने देखिन्छ । अरब सागरको पश्चिमी भागमा ‘क्यार’ नामक चक्रवात अवस्थित छ र यो बिस्तारै कमजोर हुँदै पश्चिमी–दक्षिण पश्चिमी दिशातर्फ बढिरहेको छ ।

यस प्रणालीको खासै प्रभाव नेपालमा पर्ने नदेखिएको मौसमविदले उल्लेख गरेका छन् । साथै बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा निम्न चापीय प्रणाली रहेको छ।

अर्को निम्न चापीय प्रणाली अरब सागरको दक्षिणपूर्वी भागमा विकसित भैरहेको छ र यो प्रणाली पनि उत्तर–पश्चिमी दिशातर्फ बढिरहेको मौसमविदले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्