एसीसी इमर्जिङ कपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपालले एसीसी इमर्जिङ नेसन्स कप कप खेल्ने भएको छ ।
बंगलादेशमा नोभेम्बर १२ देखि २४ तारिखसम्म प्रतियोगितामा हुनेछ । प्रतियोगितामा नेपाल समूह बीमा  छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् । यस्तै समूह ए मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र ओमान  छन् । नेपालले पहिलो खेल १४ नोभेम्बरमा भारतसँग खेल्ने छ । १६ नोभेम्बरमा नेपालले हङकङसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १८ नोम्भेरमा खेल्ने छ । दुई समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल २३ नोभेम्बरमा मिरपुरमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्