एमसीसीसँग खेल्ने नेपाली टोलीको घोषणा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसीविरुद्ध तीन फरम्याटको क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
नेपाली टोलीको व्यवस्थापक र आईसीसीको प्रतिनिधिसँगको सल्लाहमा नेपाल क्रिकेट संघ क्यानले बिहिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा तीन फरक टोलीको घोषणा गरेको हो ।

पुर्व कप्तान पारस खडका ट्वेन्टी ट्वेन्टी र पहिलो श्रेणीको टीममा परेका छैनन् । खड्कालाई एकदिवसीय टोलीमा मात्र राखिएको छ । कप्तानबाट राजिनामा दिएसँगै पारसले केही समय विश्राम गर्ने बताएका थिए । ज्ञानेन्द्र मल्ल कप्तान नियुक्त भएपछि पहिलो पटक टिमको नेतृत्व सम्हाल्न लागेका हुन् । एमसीसीसँगको ट्वेन्टी ट्वेन्टीका लागि १५ र एक दिवसीय सिरिजका लागि १४ सदस्यिय टोली रहनेछ । जसमा सात जना खेलाडी मात्रै तीन वटै फरम्याटमा खेल्ने छन् । आगामी १८ देखि २३ गतेसम्म काठमाडौं भ्रमणमा रहने एमसीसीसँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली अण्डर नाईन्टिन टोलीले एक दिवसिय र ट्वेन्टी ट्वेन्टी र सिनियर टोलीले एक दिवसीय, तीन खेलको एक दिवसीय फस्ट क्लास र ट्वेन्टी ट्वेन्टी खेल्नेछ । त्यस्तै, २५ र २६ गते पोखरामा पोखरा आमन्त्रित ११ र चिफ मिनिस्टर ११ सँग पनि एमसीसीले ट्वेन्टी ट्वेन्टी खेल्ने छ । नेपाल टुरका लागि एमसीसीले यसअघिनै जिम्मी एडम्सको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्