तीन नेपालीको लिङ्ग काटेर हत्या गरेको अभियोगमा बोहरालाई हिरासतमा राख्न आदेश

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


एजेन्सी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदूर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ ।  

जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकाले म्याद थपिएको बताइएको छ । न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

यही कार्तिक ८ गते पिथौरागढको मडधुरामा पुुर्चौंडी– ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बीरा बोहरा र पुर्चौंडी–४ भटना तडीखेतका काशी बोहराको हत्या भएको थियो । घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कार्तिक ११ गते भारतकै मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणमा लिएको थियो । 

पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदूरको हत्या आफूले गरेको भारतीय प्रहरीसमक्ष स्वीकार गरेका छन् । पक्राउ परेका बोहरा भारतमै मजदूरी गर्दै आएका थिए । बोहराले प्रहरीसमक्ष कार्तिक ८ गते चारै जनाले रक्सी खाएको र पछी रक्सी थप पिउने विषयमा विवाद हुँदा ढुङ्गाले तीनैजनाको टाउकोमा हिर्काएको र त्यसपछि आफैँले उनीहरुको लिङ्ग हसियाले काटेको बयान दिएका छन् ।
 


प्रतिक्रिया दिनुहोस्