माधव नेपाल नेतृत्वको नेकपा एसका विद्यार्थीले योगेश भट्टराईलाई दिए चेतावनी

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : २७


काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले नेकपा एमालेका नेता योगेश भट्टराईले दिएको अभिव्यक्तिको विरोध गरेको छ।

सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार एक विज्ञप्ति निकाल्दै योगेशमाथि आक्रोश पोखेका हुन्।

उनले नेता भट्टराईलाई अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्।

‘प्रतिगमनको मतियार भएर शिशाको घरमा ढुंगा नहान्नु। एमाले पार्टी कार्यालय राजश्व छल्नेहरूको घरमा छ’, पराजुलीले भनेका छन्, ‘हाम्रो पार्टी कार्यालयको ठेगाना काठमाडौं महानगर-३१ स्थित बागमती किनारमा छ। राजश्व छल्नेको घरमा पार्टी कार्यालय राख्नेले हामीलाई चुनौती नदिनु।’

 


प्रतिक्रिया दिनुहोस्