कपिलवस्तु घटनाका दोषीमाथि कारवाही गर्न राप्रपाको माग

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  १० : ३४


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कपिलवस्तुको कृश्ननगर भएको घटना प्रति दुःख व्यक्त गरेको छ । 

स्थानीय दुई समुहबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू जारी रहँदा प्रदर्शन भएपछि प्रहरीले गोली चलाउँदा स्थानीय एक युवकको मृत्यु भएको छ। 

'घटनाको बिषयमा राप्रपाले भनेको छूसत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न तथा पिडितलाई राहत र क्षतिपूर्ति दिन राप्रपा सरकारसंग माग गर्दछ। साथै, परस्पर सामाजिक एवं सांस्कृतिक सदभाव कायम राख्न सबै वर्ग र समुदायमा राप्रपा अपिल गर्दछ।'


प्रतिक्रिया दिनुहोस्