कोरोना विरुद्ध अब खोप मात्रै होइन् बेलायतमा बन्यो खाने क्याप्सुल (भिडियो)

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ५७


काठमाडौं। कोरोना भाइरस विरुद्ध यसअघि विभिन्न देशमा खोप आइसकेको छ।

भेरोसेल, फाइजर, स्पुतनिक लगायतको खोप अहिले धेरैले लगाइरहेका छन्। यसैबीच, बेलायतमा कोराना विरुद्धको औषधिको रुपमा अब क्याप्सुल पनि बनेको छ।

अमेरिकी औषधि निर्माता कम्पनि मार्क र रिजबैंक बायोथेराप्यक्टिक्सले संयुक्त रुपमा बनाएको खाने औषधिलाई बेलायतले प्रयोगको अनुमति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो क्याप्सुललाई ५ दिनसम्म खान सकिने चिकित्सकले बताएका छन। यो क्याप्सुल कोरोनाविरुद्ध विश्वमै खाने पहिलो औषधी हो।

बेलायतले यो औषधीलाई ‘लागेवरियो’ नाम दिएको छ।

मोल्नुपिराभिरको क्लिनिकल ट्रयालको नतिजा अनुसार कोरोना संक्रमितको मृत्युको सम्भावनालाई यो औषधिले आधा कम गर्ने छ। तलको भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्