३ जना नेपालीको हत्या अभियोगमा नेपाली नै पक्राउ

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  १२ : ३३


काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ्ग काटेर हत्या गरेको अभियोगमा एक नेपाली परेका छन् ।

भारतको पिथौरागढमा दुई दाजु भाइ सहित तीन जनाको हत्याको आरोपमा भारतीय प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली मजदुर धनबहादुर बोहोरा रहेको भारतीय मिडियाले जनाएका छन् ।

कार्तिक ११ गते बैतडीको पुर्चौंडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाई बीरा बोहरा र पुरचौंंडी नगरपालिका ४ भटना तडीखेतीका काशी बोहराको गत ८ गते लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटना लगत्तै भारतीय प्रहरीले अनुसन्धान तिब्र बनाएको थियो । उनीहरुको हत्याको आरोपमा पक्राउ परेका धनबहादुर बोहोराले हत्या गरेको स्वीकार गरेको  भारतीय पत्रकार राजेश पंगरीयाले जनाउनु भइको छ ।

बोहोरालाई पिथौरागढबाट १२० किलोमिटर टाढा रहेको मन्सुयारीबाट नियन्त्रणमा लिएको समेत पत्रकार पंगरीयाले जानकारी दिए । भारतीय प्रहरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्