ढुङ्गाले हानेर श्रीमतीको हत्या गर्ने राई पक्राउ

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  १० : ०५


काठमाडौं । धरान–१५ खोरिया बस्तीमा श्रीमानले ढुङ्गाले हानेर गए राति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गए राति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङ्गाले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकाे र  एक अर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गए राति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्