लक्ष्मीपूजाको दियोबाट अनामनगरको कार्की भवनमा आगलागी

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : ०७


लक्ष्मीपूजाको दिन दियोबाट सल्केर अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ।

भवनको दोस्रो तल्लामा बिहीबार साँझ पौने ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ।

आगोले सामग्री जलेका छन्। त्यहाँ दमकल पुगेर आगो नियन्त्रणमा लिएको छ। तीन वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

आगो लागेपछि त्यसक्षेत्रको बिजुली पनि काटिएको छ।


प्रतिक्रिया दिनुहोस्