प्रदेश सभामा साझा पार्टीले भक्तपुरबाट सुरज प्रधानलाई उठाउने

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ९ : २८


काठमाडौं । साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ (क) बाट सुरज प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

पार्टीका जिल्ला संयोजकको रुपमा रहेका २८ वर्षीय प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेद्वार घोषणा गरिएको हो ।

सो पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी प्रधानलाई प्रदेशसभा उम्मेद्वार बनाउने निर्णय गरिएको जानकारी दिएका छन् । 

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इँट्टा उत्पादनको व्यवसाय गर्छन् ।

त्यस्तै सो पार्टीले शनिबार दाङ निर्वाचन क्षेत्र नम्बर ३९ख० को प्रदेशसभा उम्मेद्वार घोषणा गर्ने विज्ञप्तिमा जनाइएको  छ ।


प्रतिक्रिया दिनुहोस्