एनसीसी बैंक र दराजबीच ११.११ मा छुट सम्झौता

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ११ : ४३


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच छुट सम्बन्धी सम्झौता भएको छ। एनसीसी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम तीन हजार र क्रेडिट कार्डमा अधिकतम तीन हजार पाँच सय सम्मका छुट प्राप्त गर्न सकिनेछ ।

यो योजाना कार्तिक २५ (नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्