प्रधानमन्त्री ओलीको दोस्रो पटक डाइलाइसिस गरिँदै

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । बिरामी भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको दोस्रो पटक डाइलाइसिस गर्ने तयारी गरिएको छ । 

यसअघि हिजो (बुधबार) प्रधानमन्त्रीलाई आईसीयूमा राखेर गोप्य रूपमा पहिलो डायलाइसिस गरिएको थियो।

त्यसबाट अपेक्षित सुधार नदेखिएपछि आज फेरि डायलाइसिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

आईसीयूको बेड नम्बर १४१६ मा उपचाररत प्रमको मृगौलाले काम गर्न छाडेपछि चिकित्सकहरुले आकष्मिक निर्णय लिएर डाइलाइसिस गराएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन। यस्तै प्रधानमन्त्रीलाई अहिले 'लो ग्रेड' ज्वरो पनि आइरहेको छ। तर, ज्वरोको कारण भने खुट्टिन सकेको छैन। चिकित्सकीय हिसाबमा इम्युनोसप्रेसिब खाइरहेको बिरामीको रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन। 

प्रधानमन्त्रीको स्वास्थ्य अपडेटः पहिलो डाइलाइसिस सफल नभएपछि पुनः गरिँदै । जुन राम्रो संकेत नभएको चिकित्सकको भनाई ।
 


प्रतिक्रिया दिनुहोस्