धादिङमा बोलेरो जीप दुर्घटना, २३ जना घाइते

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ७ : २६


काठमाडौँ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप पल्टिँदा  १९ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । 


प्रतिक्रिया दिनुहोस्