कपिलवस्तुमा कर्फ्यू उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलायो, १ युवकको मृत्यु

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फयू तोड्न खोज्दा कपिलवस्तुको कृष्णनगरमा एक युवकको मृत्यु भएको छ ।

कर्फयू तोड्न खोज्दा प्रहरीले गोली चलाएपछि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको हो । 

कर्फ्यूकाबीच पनि प्रदर्शन भएपछि प्रहरीले गोली चलाएको जनाइएको छ । 

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि स्थानीय दुई समूहबीच झडप भएको थियो ।

हिंसा भड्किने डरले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फयू लगाएको थियो । कर्फयू तोड्न खोज्दा पाण्डेको ज्यान गएको बताइएको छ ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । 

हिन्दु समुदायले मूर्ती विसर्जन गर्ने बेला एक जना मुस्लिम समुदायका युवाले रोक्न खोज्दा झडपको स्थिती सिर्जना भएको थियो । सम्भावित झडपको स्थिती नियन्त्रण लिन नसक्दा प्रहरीले बुधबार अश्रुग्यास प्रहार गरेको थियो ।

हिन्दु र मुस्लिम समुदायबीच मनमुटाव बढपछि समझदारी कायम गर्नका लागि थालिएका विभिन्न पहल असफल भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फयू जारी गरेको हो ।

प्रशासनले विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालय देखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनद्धारा जानकारी दिइएको छ ।

गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कफ्र्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्