सुन्दरहरैचामा तोकियो देउसी-भैलोको दररेट: घरमा आउनेलाई सय देखि २१ सय सम्म दिइने

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ७ : २३


काठमाडौं। मोरङको एक नगरपालिकाले देउसी भैलो खेल्न आउनेलाई कति दान गर्ने भन्नेबारेमा दररेट नै सार्वजनिक गरेको छ।

सुन्दरहरैचा नगरपालिकाले बुधबार सूचना जारी गर्दै उमेर अनुसार देउसी भैलोलाई दिने दानको अधिकतम दररेट तोकेको हो।

सूचनामा उमेर अनुसार एक सयदेखि २१ सयसम्म अधिकतम दर तोकेको छ।

नगरपालिकाले न्युनतम १ एक सय रुपैयाँ देखि २१ सयसम्म दान दिन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्