चाँडै नियमित काममा फर्किन्छु : प्रधानमन्त्री ओली

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ६ : ०३


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू चाँडै काममा फर्केने बताउँनु भएको छ । 

बिरामी भएपछि धापासी अस्पतालमा रहनु भएका प्रधानमन्त्री ओलीले  अस्पतालको बेडबाटै आफू चाडै नियमित काममा फर्कने बताएको उहाँका प्रेश सल्लाहकार डा.कुन्दन अर्यालले बताउँनु भएको छ।

प्रधानमन्त्री ओलीलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको बिहीबार दिउँसो डिस्चार्ज हुने सम्भावना छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो । 

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार दोस्रोपटक एन्टिबडी क्लिन गरेर केही घण्टाको आरामपछि डिस्चार्ज गर्ने तयारी भएको छ ।

यद्धपी, प्रधानमन्त्रीको सचिवालयले उहाँको स्वास्थ्य अवस्थाबारेकोे यर्थात विवरण लुकाएको भन्दै चौतर्फी आलोचना भएको छ । 


प्रतिक्रिया दिनुहोस्