दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ४४


आइसिसी टी-ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ।

बुधबार सुपर-१२ को समूह-२ मा रहेको न्युजिल्यान्डको जितसँगै सेमिफाइनल सम्भावना बलियो भएको छ।

१७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट ईश सोधीले २ विकेट लिए।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए।


प्रतिक्रिया दिनुहोस्