गौतम बुद्ध विमानस्थलबाट अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुन्छः क्षेत्री

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ३०


नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनाभित्रमा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्।

महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन्।

उनले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए।

महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड-१९, परीक्षण फ्लाइट नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताए।

उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए।


प्रतिक्रिया दिनुहोस्