गुड्दै गरेको रेलमा सिलिण्डर बिस्फोट, ४६ जनाको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


इस्लामावाद । रेलमा खाना बनाउँन बालेको ग्यास बिस्फोट हुँदा पाकिस्तानमा एउटा रेलमा आगलागी भएको छ । 

उक्त आगलागीकाबाट ४६ जनाको मृत्यु भएको छ । 

आगो अहिले नियन्त्रणमा आएको र घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । 

पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसको रेलमा आगलागी भएको हो । यो रेल कराचीबाट रावलपिण्डी रुटमा चल्छ ।

रावलपिण्डीबाट छुटेको रेलमा लियाकतपुरमा आगलागी भएको हो । 

रेलको तीनवटा डिब्बामा आगलागी भएको र ४६ जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य  ४२ जना घाइते  छन् ।


प्रतिक्रिया दिनुहोस्