बेलायतमा प्रधानमन्त्री देउवाले नेपाली बगैंचामा रोपे बिरुवा

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : २१


बेलायतको स्कटल्यान्डमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार त्यहाँस्थित नेपाली बगैंचा वृक्षरोपण गरेका छन्।

राष्ट्रिय समाचार समितिका अनुसार प्रधानमन्त्री देउवाले स्कटल्यान्डको इडेनबर्गस्थित रोयल बोटानिकल गार्डेनमा रहेको नेपाली बगैंचामा बुधबार भोजपत्रको बिरुवा रोपेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको इडेनबर्गस्थित रोयल बोटानीकल गार्डेनमा रहेको नेपाली बगैँचामा बुधबार भोजपत्रको विरुवा वृक्षरोपण गर्दै। तस्बिर: भिष्मराज ओझा, रासस

 


प्रतिक्रिया दिनुहोस्