तीन दिन देशभरको मौसम सफा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । आगामी तीन दिन तराई क्षेत्रसहित देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

 बिहीबार बिहान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार, शुक्रबार र शनिबार पहाडी भेगमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहने देखिएको हो।

मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो पनि पहाडी क्षेत्रका आकाशमा थोरै बादल देखिए पनि देशभर मौसम सामान्यतया सफा नै रहने सम्भावना देखिएको छ।

कस्तो हुन्छ त अबको तीन दिन मौसम

कार्तिक १४ गते बिहिबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

 

कार्तिक १५ गते शुक्रबार
दिउँसो: देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राति: देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक १६ गते शनिबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राति: देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्