विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ३ : ३८


एजेन्सी । जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी भएको छ । ओकिनावा स्थित ऐतिहासिक तथा सांस्कृतिक महत्वको महलमा आगलागी भएको हो । आगलागीबाट मुख्य भवन ध्वस्त भएको छ ।

पाँच सय वर्षअघि निर्माण भएको काठको सो महललाई सन् १९३३ मा जापानको राष्ट्रिय सम्पदाका रुपमा घोषित गरिएको थियो । दोस्रो विश्वयुद्धका बेला यो भवन लगभग ध्वस्त भएको थियो । अहिले रहेको भवन त्यसपछि पुनर्निर्माण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्