लेगानेसमाथि रियल मड्रिडको फराकिलो जित

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ३ : ३९


काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसमाथि ५–० को फराकिलो जित हासिल गरेको छ । 
बुधबार राति भएको खेलमा रियल मड्रिडले आफ्नै मैदानमा लेगानेसलाई ५–० ले पराजित गरेको हो । रियलको जितमा सिल्भा डि गोयज, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिचले गोल गरे ।

योसँगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर बार्सिलोनासँग अंक दुरी एकमा झारेको रियलको २१ अंक छ । बार्सिलोनाको भने २२ अंक छ ।

त्यस्तै, बुधबार राति नै भएको अन्य खेलमा एट्लेटिको बिल्बाओले स्पानियोललाई ३–० ले हराउँदा रियल बेटिसले सेल्टा भिगो र लेभान्टेले रियल सोसाइडेडलाई समान २–१ ले पराजित गरेका छन् । त्यस्तै, सेभिया र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस्