महराको थुनछेक बहस सुरु हुँदै

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निर्वतमान कृष्णबहादुर महराको थुनछेक बहस सुरु हुँदैछ । 
सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि  थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पछि महरालाई धरौतीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ । थुनछेक बहसमा वकालतनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्नेछ । काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद बुधबार सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्