लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ३ : ४०


एजेन्सी । लिभरपुल आर्सनललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एनफिल्डमा बुधबार राति भएको  खेलमा  निर्धारित समय ५–५ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा  लिभरपुलले बाजी मार्यो ।
पेनाल्टीमा डानियल सेबालोस चुक्दा आर्सनल प्रतियोगिताबाट बाहिरिन पुग्यो ।


प्रतिक्रिया दिनुहोस्