प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालले निकाल्यो विज्ञप्ति

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : ४२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको ग्राण्डी अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको सबै परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले आज राति अथवा भोली सम्ममा डिस्चार्ज हुने सम्भावना रहेको अस्पतालले जनाएको छ । 

बिरामी भएपछि प्रधानमन्त्रीओली विहान साढे ९ बजे अस्पताल पुग्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्