कप्तान बनेपछि ज्ञानेन्द्र मल्लले यस्तो भने

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : ३०


काठमाडौं । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय टोलीको नेतृत्व गर्नु आफ्ना लागि गौरवको कुरा रहेको बताएका छन् ।

क्यानले आज कप्तानको जिम्मेवारी मल्ललाई र उपकप्तानको जिम्मेवारी दीपेन्द्र ऐरीलाई दिएको थियो ।

कप्तानको जिम्मेवारी पाएका मल्लले सुरुमा सञ्चारमाध्यमबाट आफू कप्तान बनेको कुरा थाहा पाएको बताए ।

यसबारेमा क्यानका अधिकारीहरुले आफूलाई टेलिफोन मार्फत जानकारी पनि दिइसको उनले बताए ।

'सुरूमा मिडियाबाट यो खबर पाएँ। भर्खरै क्यानका सचिव अशोकनाथ प्याकुरेलले पनि आधिकारी जानकारी दिनु भयो। राष्ट्रिय टोलीको नेतृत्व गर्नु मेरो लागि गौरवको कुरा हो।' उनले भने

मल्लले अबको योजनाबारे जिज्ञासा राख्दा भने, 'अब सबै जना मिलेर काम गर्नुपर्छ। त्यसका लागि खेलाडी, प्रशिक्षक र क्यान सबै बसेर राष्ट्रिय टोलीलाई कसरी अघि बढाउने भन्ने बारे छलफल गरेर सरोकारवाला सबैले एउटै सोच बनाएर अघि बढ्न जरुरी छ।'

यो पनी

ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय टिमको कप्तान

ज्ञानेन्द्र मल्ल कप्तान बनेपछि पारसको ट्विट

 


प्रतिक्रिया दिनुहोस्