श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


धम्बोझी । श्रीमान्को हत्याको आरोपमा एक महिलालाई प्रहरीले  पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा  बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरै रहेकी छिन् । दिलमायाले ५२ वर्षीय समला दरैको हत्या गरी भागेकी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले जानकारी प्राप्त गर्नासाथ दिलमायाको खोजतलासमा खटिएको प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका–७ गुनाना भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । 

दरैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियामा ल्याई कर्तव्य ज्यान शीर्षकमा अनुसन्धान गरिरहेको बर्दिया जिल्ला प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्