कार्यबाहक प्रधानमन्त्री खाँड पशुपतिपछि पुगे हरेकृष्ण धाम (फोटोफिचर)

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : १९


कार्यबाहक प्रधानमन्त्री बनेका गृहमन्त्री बालकृष्ण खाँड पछिल्लो समय मन्दिरमा पुजाआजा गर्न व्यस्त बनेका छन।

प्रधानमन्त्री शेरबहादुर देउवा हाल कोप २६ सम्मेलनमा भाग लिन स्कटल्याण्डमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँडले नै सम्हालिरहेका छन।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको भोलिपल्ट खाँडले पशुपतिमा पुजाआजा गरेका थिए।

गृहमन्त्री खाँड एकादशीको अवसर पारेर बुढानिलकण्ठ स्थित हरेकृष्णधाम पनि पुगेका छन्।

अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) मन्दिरमा पुगेर मन्त्री खाँड सन्ध्या आरती तथा दामोदर मासमा हरेक साँझ जलाईने दिप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन।

 


प्रतिक्रिया दिनुहोस्