पशुपतिमा भेटिएकी किशोरीको पढाईको जिम्मा अनुपम खेरले लिने (भिडियो)

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : १६


काठमाडौं । हालै नेपालमा चलचित्र ‘उचाई’को छायांकन सकेर फर्किएका बलिउड अभिनेता अनुपम खेरले काठमाडौंमा भेटिएकी एक किशोरीको पढाईको जिम्मा लिने बताएका छन।

सामाजिक सञ्जाल ट्विटरमा काठमाडौंको पशुपति क्षेत्रमा भेटिएकी ती किशोरीको भिडियो सेयर गर्दै अभिनेता खेरले पढाईको जिम्मा लिने जानकारी दिएका हुन।

सार्वजनिक भिडियोमा ती किशोरीले आफ्नो घर भारतको राजिस्तान रहेको, बाध्यताले आफू मागेर हिड्न परेको बताएकी छन्। आफूलाई पढ्न निकै रहर रहेको समेत उनले भिडियोमा बताएकी छन्।

आरती नाम गरेकी ती बालिकालाई अभिनेता खेरले गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए। आज ट्वीट मार्फत अनुपमले आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्